शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ

बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ

  • बिहिबार, चैत्र ६, २०८१
बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ
फाइल तस्विर

बाजुरा—बिहीवार अर्थात आज सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट एक सुत्केरी समेत सहभागी भएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएकी हुन् ।

अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।

दुई दिनकी सुत्केरी ल्वार पालिकाको कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसईई परीक्षा दिन रहेकी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताएका छन् । उनका अनुसार उनलाई घरबाट गाडीमा ल्याएर अर्को कुनै व्यवस्था नभएकाले सहज रुपमा  उनी आफैं एसईई परीक्षा दिई रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार