• होमपेज
  • समाज
  • बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

  • मङ्लबार, चैत्र ४, २०८१
बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

बाजुरा—बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।

बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भिर घाइते भएका छन् । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भिर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिलीपकुमार गिरीले स्थानीयहरुले सहयोग नगर्दा घाइते युवकलाई आफ्‌नै कार्यालयको गाडी लिएर जिल्ला अस्पताल पुर्याइएको बताए ।

घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार