बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ८ का गोपाल बहादुर ऐडी १० बर्षदेखि वेपत्ता अवस्थामा रहेका छन् । अन्दाजी ४१ बर्षका ऐडी १० बर्षदेखि जिल्लाबाटै सम्पर्कविहिन भएका हुन् ।
१० बर्ष अघि जिल्लाका विभिन्न ठाउँ आउने जाने गर्ने गरेका ती युवक हालसम्म कतै सम्पर्कमा नआएका उनका भतिज बिरेन्द्र ऐडीले बताए । उनका अनुसार सुस्त मनस्थितिका ती युवक १० बर्ष देखि वेपत्ता भएका छन् ।
वेपत्ता भएका ती युवकको खोजी कार्य गरी दिन उनका आफन्तजनहरुले सबैलाई अनुरोध गरेका छन् ।
उनलाई कोही कसैले कतै भेटे वा सम्पर्कमा आए उनका आफन्तका फोन नम्बरहरु ९८६८५७७८८८, ९८४८५६७०९७ र ९८४३१४९०७७ मा सम्पर्क गरी दिन अनुरोध गरेका छन् ।