मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका एक युवक बैतडीमा मृत फेला

बाजुराका एक युवक बैतडीमा मृत फेला

  • सोमवार, चैत्र ३, २०८१
बाजुराका एक युवक बैतडीमा मृत फेला

बाजुरा—बैतडीमा बेवारिसे अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ । चैत्र २ गते बिहान बैतडीको दोगडाकेदार गाउँपालिका ५ दोलीमा खोलाको किनारामा मृत फेला परेका युवक बाजुराका रहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत फेला परेका युवक बाजुराको खप्तड छेडेदह गाउँपालिका ६ मैतोलाका अन्दाजी ३४ बर्षीय गोपाल नाथ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले मृत फेला परेका नाथको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताए । मृतक युवकका आफन्तहरुलाई जिल्लामा बोलाएको र आवश्यक सोधपुछ गरिने उनले बताए ।

मृत फेला परेका नाथको शरीरमा कुनै घाउचोट पनि नरहेको र खल्तीमा नगद पैसा, मोवाइल समेत फेला परेको जनाएको छ । ती युवक भारतमा काम गर्ने गरेको बुझीएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार