• होमपेज
  • समाज
  • ४ दिनदेखि वेपत्ता रहेका भण्डारी सम्पर्कमा आए

४ दिनदेखि वेपत्ता रहेका भण्डारी सम्पर्कमा आए

  • आइतवार, चैत्र २, २०८१
४ दिनदेखि वेपत्ता रहेका भण्डारी सम्पर्कमा आए

बाजुरा— ४ दिनदेखि भारतमा वेपत्ता रहेका मुगुको खत्याड गाउँपालिका वडा नम्बर ९ का अन्दाजी ४० बर्षका दत्त बहादुर भण्डारीे सम्पर्कमा आएका छन् । भारतबाट नेपाल फर्कने क्रममा बाटोबाटै वेपत्ता भएका भण्डारी आइतवार भारतकाे सिम्ला चण्डीगढ नजिकबाट सम्पर्कमा आएका हुन् ।

रोजगारीको लागि भारतको सिम्लामा गएका दत्त फागुन २८ गते नेपाल फर्कने क्रममा बिच बाटोबाट सम्पर्क विहिन भएका थिए ।

४ दिनदेखि भारतमा वेपत्ता रहेका भण्डारी आइतवार बिहान सम्पर्कमा आएका उनकी बहिनी झुपा धरालाले बताइन् । उनलाई घर फर्कने क्रममा अपरिचित व्यक्तिहरुले अपहरण गरी बेहाेसकाे अाैषधि खुवाएर नगद पैसा सहित सामान लुटेर लगेकाे उनले बताइन् । अपहरणमा परी बेहाेसमा रहेका भण्डारीकाे आइतवार बिहान मात्रै हाेस आएकाे थियाे  । उनलाई ति व्यक्तिहरुले  बेहाेसकाे अाैषधि खुवाइ झाडीमा फालेका थिए ।

चर्चामा

सम्बन्धित समाचार