• होमपेज
  • राजनीति
  • पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : महत

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : महत

  • आइतवार, चैत्र २, २०८१
पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोज्दै छौँ : महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानून बनाउन खोजिएको बताएका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभई घटाउने गरी कानून बनाउन खोजिएको बताएका हुन् ।

पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको विषयमा कुनै सत्यता नरहेको उनले बताए । उनले पूर्वविशिष्टहरूको सुविधालाई घटाउने गरी कानून अघि बढाउने स्पष्ट पारे ।

प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनर्स्थापित गराएर जनताले जोखिम लिन नसक्ने धारणा राखे ।

चर्चामा

सम्बन्धित समाचार