बाजुरा—मुगुको खत्याड गाउँपालिका वडा नम्बर ९ का एक युवक ४ दिनदेखि भारतमा वेपत्ता भएका छन् । अन्दाजी ४० बर्षका दत्त बहादुर भण्डारीे भारतबाट नेपाल फर्कने क्रममा बाटोबाटै वेपत्ता भएका हुन् ।
रोजगारीको लागि भारतको सिम्लामा गएका दत्त फागुन २८ गते नेपाल फर्कने क्रममा बिच बाटोबाट वेपत्ता भएका जनाएको छ । उनी गत बर्ष परिवारसहित मजदुरी गर्नका लागि सिम्लाको तातापानी भन्ने ठाउँमा बस्दै आएका थिए ।
सिम्लाको बसपार्कबाट घर फर्कन लागेका दत्त ४ दिनदेखि सम्पर्कमा नआएको उनकी बहिनी झुपा धरालाले जानकारी दिइन् । श्रीमती सहित ४ छोराछोरी छाडेर नेपाल फर्कन लागेका दत्त बिच बाटोबाटै वेपत्ता भएपछि अहिले परिवार बिचल्लीमा परेको उनले बताइन् । उनका अनुसार दत्त वेपत्ता भएको खबर प्रहरीलाई समेत जानकारी गरिएको छ ।
सम्पर्क विहिन भएका दत्तको खोजी कार्यका लागि आफन्तहरुले सबैलाई अनुरोध गरेका छन् । उनलाई भेटाउनु हुने र कतै सम्पर्कमा आए उनका आफन्तजनहरुका सम्पर्क नम्बरहरु भारतका लागि +९१६२३०६५३०१० र नेपालका लागि ९८५८३९००७२, ९८६४६१३३४४ मा सम्पर्क गरी दिन आग्रह गरेका छन् ।