बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाज
  • स्वास्थ्यकर्मी कटुवालको पहलमा सानुदेविको उपचारका लागि आर्थिक संकलन

स्वास्थ्यकर्मी कटुवालको पहलमा सानुदेविको उपचारका लागि आर्थिक संकलन

  • बिहिबार, फाल्गुन २९, २०८१
स्वास्थ्यकर्मी कटुवालको पहलमा सानुदेविको उपचारका लागि आर्थिक संकलन

बाजुरा—बाजुराकी सानु देवी कटुवालको उपचारका लागि स्वास्थ्यकर्मी मिनबहादुर कटुवालले आर्थिक संकलन अभियानको नेतृत्व गरी रहेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा ७ झालीकी ४६ बर्षिया सानुदेविको उपचारका लागि सोही गाउँका स्वास्थ्यकर्मी कटुवालको पहलमा आर्थिक संकलन समेत गरिएको छ ।

लामो समयदेखि रोगबाट ग्रसित सानुदेवि करिब दुई हप्तादेखि बिरामी भएर सेती प्रादेशीक अस्पतालको शैयामा छटपटाई रहेकी छन् । उनको उपचारको लागि पैसा नहुँदा अहिले अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । चिकित्सकका अनुसार उनको पेटमा पानी जम्ने र कलेजोमा समेत समस्या भएकोले तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ ।

आर्थिक अभावमा उपचार नपाएर शैयामा छट्पटाई रहेकी सानुदेविको उपचारका लागि स्वास्थ्यकर्मी मिनबहादुर कटुवालले सबैसँग सहयोग माग्दै हालसम्म २ लाख बढी रकम संकलन गरेको बताएका छन् । स्वास्थ्यकर्मी कटुवालले उनको उपचारको लागि विभिन्न व्यक्तिहरुसँग समन्वय गर्दै २ लाख बढी रकम संकलन गरेर सानुदेविको बैंक खातामा जम्मा गरी दिएको बताए । सामाजिक सेवामा सक्रिय कटुवालले यसअघि सानुदेविको श्रीमानको उपचारका लागि समेत आर्थिक संकलन गरेका थिए । उनका श्रीमान् कर्णबहादुर कटुवालको एक वर्षअघि भारतमा काम गर्ने क्रममा घरको ८ औँ तलाबाट खसेर घाईते भएका थिए ।

घाईते श्रीमानको उपचारमा सहयोगीको रुपमा रहेकी सानुदेवी आफै बिरामी परेर थला परेपछि थप समस्या सिर्जना भएको आफन्तहरुले बताएका छन् ।

त्यस्तै सानुदेविको उपचारका लागि सहयोग अभियान सञ्चालन गरी रहेका स्वास्थ्यकर्मी कटुवालले सबै सहयोगी मनहरुलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार