शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि सांसदहरूको आपत्ति

कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि सांसदहरूको आपत्ति

  • बुधबार, फाल्गुन २८, २०८१
कांग्रेस नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि सांसदहरूको आपत्ति

काठमाडौं — नेपाली कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको भनेपछि कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर-९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए ।

त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् ।

यस सम्बन्धमा उजुरीका बाबजुत स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए ।

त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् ।तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको अभिव्यक्ति हटाउन माग गरे ।

चर्चामा

सम्बन्धित समाचार