बाजुरा—बाजुराको बुढीनन्दा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बुढीनन्दा क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका लबिन्द्र शाही (भास्कर ) निर्विरोध चयन भएका हुन् ।
त्यस्तै क्याम्पसको स्ववियु सचिवमा नेविसंघका रमेश बुढा लगायत नेतृत्व सर्वसम्मत चयन भएको जनाएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला सो क्याम्पसमा भने सर्वसम्मत भएको हो ।