शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई प्रचण्डको आग्रह

लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई प्रचण्डको आग्रह

  • मङ्लबार, फाल्गुन २७, २०८१
लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई प्रचण्डको आग्रह

काठमाडौं —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको चहलपहलका पछाडि देशभित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गरेका प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका हुन्।

उनले भने, ‘सडकबाटै राजतन्त्र पुनर्स्थापनाको चुनौती दिन थालेका छन्। राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास भएको कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।’

उनले सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष मूल कारण भएको आरोप लगाए। सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ।

चर्चामा

सम्बन्धित समाचार