बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ सेरालबाडामा तीन भाइबहिनी बेसाहारा अवस्थामा छन् । बुवाको मृत्यु र आमा बिरामीले अस्पतालको शैयामा हुँदा भाइबहिनीहरु अलपत्र परेका हुन् । सेरालबाडका ६ बर्षका प्रतिक सेराला र जुम्ल्याही छोरी ३ बर्षकी गंगा र जमुना सेराला बुढी बज्यैको सहारामा रहेको आफन्तहरुले बताएका छन् । ती भाइबहिना अहिले बुढी बज्यैका साहारामा रहेको स्थानियले बताएका छन् ।
ती भाइबहिनीका बुवा ३० बर्षीय अर्जुन सेरालाको मृत्यु भएको र आमा चैती सेराला बिरामीले थला परेपछि उनीहरु अहिले बुढी बज्यैको सहारामा छन् । बुढीबज्यै थेबु सेरालाले नातिको मृत्यु र बुहारी बिरामीले थला परेपछि ती पनातिहरु आफ्नो सहारामा रहेका बताइन् । आफूसँग घर जग्गा जमिन नहुँदा अहिले छिमेकीहरुबाट मागेर बिहान बेलुकाको छाक टार्ने गरेको उनले बताएकी छन् । बच्चाहरुले सधैं भात भात भनेर सताउछन चालम नहुँदा गाउँलेसँग कोदोको धुलो मागेर रोटी बाडेर खुवाउने गरेको उनले बताइन् । उनकी नातिने बुहारी बिरामीले थला परेपछि अहिले अछामको बयालपाटा अस्पतालमा भर्ना भएकी छन् ।
ती बुढीबज्यैका छोराको पहिल्यै मृत्यु भइसेकेको र बुहारीले अर्को बिवाह गरि सकेकी छन् । एकै घरका तीन भाइबहिनी सहारा बिहिन बनेर बुढी बज्यैले सम्हाल्नुपर्ने बाध्यता हुँदा उनीहरुलाई पालन पोषण गर्न पनि धौधौ भएको भन्दै सबैलाई सहयोगको लागि हारगुहार गरेकी छन् ।
त्यस्तै बुढीबज्यैको सहारामा रहेका तीन भाइबहिनीहरुको पालन पोषण सँगै पठनपाठनका लागि तत्काल सम्बन्धित निकायको ध्यान जान जरुरी छ । उनले नातीहरुको पठन पाठन र बुहारीको उपचारका लागि सहयोग गर्न अनुरोध गरेकी छन । बुहारी उपचार खर्च नपाएर अलपत्र छन भने नातीनुतिनालाई पालन पोषण र पढाउन नसक्दा अलपत्र अवस्थामा परेको स्थानियले बताएका छन ।