• होमपेज
  • बुढिनन्दा
  • बुढीनन्दाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बुढीनन्दाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

  • सोमवार, फाल्गुन २६, २०८१
बुढीनन्दाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बाजुरा– बाजुराको बढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका नागरिकहरुलाई लक्षित गरि साविकको पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको हो ।
खाद्यन्न डिपोको सोमबार एक औपचारिक कार्यक्रमका विच बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले उद्धघाटन् गरेका छन् । बुढीनन्दा नगरपालिकाको पहलमा साबिकको पाण्डुसैन गाबिसका ४ ओटा वडा ७, ८, ९ र १० वडालाई लाभान्वित हुने गरी वडा न १० मा खाद्य डिपो स्थापना गरिएको हो ।

सरकारको अनुदानबाट सर्वसाधारण नागरिकहरुलाई सहुलियत मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि डिपो स्थापना गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताएका छन् ।  विगतमा यस क्षेत्रका नागरिकहरु बजारमा महंगो मुल्य तिरेर बजारको चामल किनेर खाने गरेका थिए । अव गाउँ नजिकै खाद्यन्न डिपो स्थापना भएपछि स्थानीय निकै खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार