शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु

  • सोमवार, फाल्गुन २६, २०८१
अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाम — अछामको मंगलसेन नगरपालिका–८ मा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो स्थानीय रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएका हुन् ।

माटाेकाे ढिस्काेमा पुरिएर साेही ठाउँकी अन्दाजी ३० बर्षीय देउरुपा बोहरा र ३५ बर्षीय विनिता बोहराकाे मृत्यु भएकाे जनाएकाे छ । घटनापछि स्थानीयबासी उद्दार कार्यमा जुटेका छन् भने प्रहरीलाई पनि खबर गरिएको छ।

चैते दशैंको समयमा घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरू नियमित रूपमा रातो माटो खन्न जाने गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार