• होमपेज
  • समाज
  • भीरमा अड्किएका स्थानीयसहित सुरक्षाकर्मीको सकुशल उद्धार

भीरमा अड्किएका स्थानीयसहित सुरक्षाकर्मीको सकुशल उद्धार

  • सोमवार, फाल्गुन २६, २०८१
भीरमा अड्किएका स्थानीयसहित सुरक्षाकर्मीको सकुशल उद्धार

बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेका युवकको उद्धार गर्न गएका स्थानीय तथा सुरक्षाकर्मीको सकुशल उद्धार गरिएको छ । आइतबार दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा वडा नम्बर २ का पुसे भण्डारीको भीरबाट लडेर मृत्यु भएको थियो ।

भीरबाट लडेका भण्डारीको उद्धारका लागि गएका सोही गाउँका ८ जना स्थानीयसहित सुरक्षाकर्मीहरु रातभर भीरको तल कर्णाली नदीको किनारामा रोकिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धारमा गएका स्थानीय र प्रहरीको सोमवार बिहान करिब ११ बजे हिमाली गाउँपालिकाको धुलाचौरबाट र्‍याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले हिजो साँझ राति पनि भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरु घटनास्थलमै बास बसेका बताएका छन् । उनका अनुसार अहिले कर्णाली नदीमा र्‍याप्टिङको सहायताले सबैको सकुशल उद्धार गरिएको र सबै कानुनी प्रक्रिया गरेर मृतक भण्डारीको शव आफन्तलाई बुझाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार