बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिकमा भिरबाट लडेर १ जनाको मृत्यु, उद्धारमा गएका ८ जना भिरमै अड्कीए

स्वामिकार्तिकमा भिरबाट लडेर १ जनाको मृत्यु, उद्धारमा गएका ८ जना भिरमै अड्कीए

  • सोमवार, फाल्गुन २६, २०८१
स्वामिकार्तिकमा भिरबाट लडेर १ जनाको मृत्यु, उद्धारमा गएका ८ जना  भिरमै अड्कीए
तस्बिर जनेश भण्डारी

बाजुरा– जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन । कर्णाली नदिमा माछा मार्न गएका र घर फर्किने क्रममा भिरबाट लडेर घाइते भए र उनकाे उद्धारमा गएका ८ जना स्थानिय समेत साेही भिरमा अड्कीएका छन । उद्धारमा गएका स्थानिय आफै भिरमा अड्कीएपछी घाइते भएकाे भण्डारीकाे उद्धार हुन सकेन र  घटनास्थलमै  मृत्यु भएको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का वडा अध्यक्ष बिष्णु बुढाले बताएका छन ।
जाने बेला सहज रुपमा गएका र फर्किन कठिनाई भएका कारण स्थानिय १ महिला ३ बालबालिका र ४ जना युवाहरु साेही भिरमा अड्किएका  वडाअध्यक्ष बुढाले बताए । हिजो राति भईसकेको कारण उद्धारमा कठिनाई भएको र अहिले हिमाली गाउँपालिकाबाट डुगां मगाएका छौ डुगांको साहयोगमा उद्धार गर्न लागिएको उनले बताए ।
वडा अध्यक्ष बुढाले भने एक त मरेको लास कुर्नैपर्ने थियो अर्को जुन बाटो उनिहरु गएका थिए त्यो बाटोमा फर्किन सकिने अवस्था नभएको र राति अबेर भएका कारण कर्णाली नदिमा डुगांबाट उद्धार गर्दा जाेखीम भएकाेले केही कठीनाइ भएकाे बताए । आफुले खवर पाएपछी प्रहरी सबैलाइ खवर गरियाे तर तत्काल उद्धार गर्न खोज्दा पनि सम्भव नभएको वडाअध्यक्ष बुढाले बताए ।

 भिरमा रहेका स्थानिय सबै सुरक्षित रहेका छन वडाअध्यक्ष बुढाले बताए । उद्धारका लागि प्रहरीको टोली समेत हिजोदेखी नै घटना स्थलमा पुगिसकेको छ राति भएका कारण भिरबाट माथि लिन नसकिने अवस्थामा उनिहरु भिरमै बसकेका र केही समयमा उद्धार गरिने  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार