बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाद्धारा प्रमुख प्रशासकीय अधिकृत जोशीलाई स्वागत

बुढीगंगा नगरपालिकाद्धारा प्रमुख प्रशासकीय अधिकृत जोशीलाई स्वागत

  • आइतवार, फाल्गुन २५, २०८१
बुढीगंगा नगरपालिकाद्धारा प्रमुख प्रशासकीय अधिकृत जोशीलाई स्वागत

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीलाई पालिकाले स्वागत गरेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटिएका उपसचिव जोशीलाई सोमवार पालिकाले स्वागत गरेको हो ।

आइतवार मात्रै बाजुरा पुगेका प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमवार नगरपालिकाले स्वागत गरेको नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन् । उनका अनुसार यस अघि बैतडीको पाटन नगरपालिकामा कार्यरत उपसचिव जोशी सरुवापछि सोमवारबाट बुढीगंगा नगरपालिकामा हाजिरी भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ फागुन १ गतेको निर्णयअनुसार सरकारले जोशीलाई बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

यसअघि निमित्तका भरमा सञ्चालन भइरहेको बुढीगंगा नगरपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

चर्चामा

सम्बन्धित समाचार