बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा हिमाली बनको दिगो व्यवस्थापन फेयरवाइल्ड प्रमाणीकरण तथा जडीबुटी संकलन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन भएको छ । सामुदायीक बन उपभोक्ता महासंघ नेपाल बाजुरा र एन्साब नेपालको आयोजनामा सो तालिमको आयोजना गरिएको हो ।
प्रशिक्षक प्रशिक्षण तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बाजुरा जिल्ला जडीबुटी र बनको धनी जिल्ला भए पनि यसको ब्यबस्थापनमा बिभिन्न समस्या रहेको बताएका छन । यो तालिमबाट प्रशिक्षत हुने सहभागी आउदा दिनहरुमा आ–आफ्नो ठाउँबाट बनजंगल र जडीबुटीको संरक्षणमा टेवा पुग्ने बताएका छन । कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले यो तालिम बाजुरा जिल्लाका लागि महत्पुर्ण रहेको र यो तालिमले बनको दिगो बिकासमा थप इटा थपिने अपेक्षा ब्यक्त गरेका छन ।
चार दिन सम्म हुने सो प्रशिक्षक प्रशिक्षण तालिममा बनको दिगो व्यबस्थापन, फेयरवाइल्ड प्रमाणीकरण तथा बाजुरा जिल्लामा पाईने जडीबुडीको संरक्षण, संकलन र दिगो ब्यापारसंग सम्बन्धीत रहेर तालिम दिईने प्रशिक्षक चन्द्रीका हुमागाईले बताएका छन । त्यसै गरी सामुदायीक बनहरुको लेखा जोखा र कार्यालय ब्यवस्थापन लगायतका बिषयमा पनि प्रशिक्षण गरिने उनले बताए ।
एन्साव नेपालले प्राकृतीक श्रोतको व्यबस्थापन, गरिवी न्यूनिकरण र जीविकोपार्जन लगायतका कार्यक्रमहरु गर्दै आएको छ । सामुदायीक बन उपभोक्ता समिति जिल्ला समिती बाजुराका अध्यक्ष सिता बरालको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।