• होमपेज
  • समाज
  • निर्माण सम्पन्न भएको एक बर्षमै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

निर्माण सम्पन्न भएको एक बर्षमै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

  • मङ्लबार, फाल्गुन २०, २०८१
निर्माण सम्पन्न भएको एक बर्षमै चुहिन थाल्यो जिल्ला अस्पताल बाजुराको भवन

टेक बहादुर बुढा— जिल्ला अस्पताल बाजुराकाे भवन निर्माण सम्पन्न भएको एक बर्षमै चुहिन थालेको छ । पानी परेको दिनमा अस्पतालको छाना तथा वालबाट पानी अस्पताल भित्र पर्ने गरेको अस्पतालका प्रमुख डा. चन्द्र शेखर यादवले बडिमालिका खबरलाइ बताएका छन् ।

भवन चुहिने भएपछि अस्पतालले सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीलाई मर्मतका लागि पत्रचार गरेको छ । अस्पतालले निर्माण कम्पनी पि.एसं कन्ट्रसन डोटिलाइ चुहिने ठाउँ तथा अन्य काम नभएको कामलाई बनाउन अनुरोध कार्यालयलाई गरेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीले २०८० साल मंसिर २३ गते भवन निर्माण कार्य सम्पन्न भएको भन्दै अन्तिम भुक्तानिका लागि अस्पताललाई पत्रचार गरेको थियो । जिल्ला अस्पताल बाजुराले पनि आर्थिक बर्ष ०८०÷०८१ असार मसान्तमा सम्पुर्ण भुक्तानि गरेको थियो ।

निर्माण सम्पन्न भएको १ बर्षमै पानी परेको दिनमा करोडौ लगानीमा निर्माण भएको भवन चुहिनुले निर्माण कम्पनी माथि प्रश्न रहेको स्थानिय तुला बहादुर रोकायाले बताएका छन् । भवन निर्माणको कामप्रति नै प्रश्न चिन्ह खडा भएको रोकायाले वताए। अस्पतालले लेखेको पत्रमा इमरजेन्सी भवन र अन्य ठाउँमा चुहिने गरेको बताएको छ । इमरजेन्सी भवनको बिच छतबाट चुहिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल बाजुरा ५० शै्या अस्पताल हो । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे–लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का २०७८ बैशाख ५ मा सक्ने गरि सम्झौता भएको थियो । कम्पनीले सक्ने मिति भन्दा धेरै ढिलो निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गरेको थियो । अस्पतालको भवन पानी परेको दिन चुहिने गरेको र तत्काल काम गर्न सम्बन्धितलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

जिल्ला अस्पताल बाजुराको भवन शहरी विकास मन्त्रालय अन्र्तगत निर्माण भएको हो । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । अस्पतालमा चार वटा भवन निर्माण रहेको थियो । बाजुरा अस्पतालमा दैनिक १ सय जना भन्दा बढि बिरामी उपचारको लागि आउने गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीका प्राविधिक मदन भट्टले भने कतै समस्या आएकोले पानी चुहिएको हो । ठेकेदारलाई जानकारी गराइसकेको छ, चाडै मर्मत गर्न लगाउने उनले वताए। पानी परेको दिनमा चुहिने भएकाले बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएकाे छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार