• होमपेज
  • स्वामिकार्तिक खापर
  • पालिका अध्यक्ष रोकायालाई ईन्जिनियरका बुवाबाट गालिगलोज सहित धम्की

पालिका अध्यक्ष रोकायालाई ईन्जिनियरका बुवाबाट गालिगलोज सहित धम्की

  • मङ्लबार, फाल्गुन २०, २०८१
पालिका अध्यक्ष रोकायालाई ईन्जिनियरका बुवाबाट गालिगलोज सहित धम्की

बाजुरा—बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायालाई सोही गाउँपालिकाका ईन्जिनियर दिपक शाहीका बुवा रामबहादुर शाहीले गालिगलोज सहित धम्की दिएको अडियो सार्वजनिक भएको छ । अध्यक्ष रोकायालाई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको अडियो सामाजिक संजालबाट बाहिरिएको छ ।

सोही गाउँपालिकाका ईन्जिनियर दिपक शाहीका बुवा रामबहादुर शाहीले ठेक्का र ईन्जिनियर छोराका प्रकरणलाइ लिएर गालिगलौज गरेको अडियो बाहिरिएको छ । अडियोमा ज्यान मार्ने धम्कि सहित दिएको पाइएको छ । अडियोमा जातियवादको कुरा पनि सुनिन्छ, अध्यक्षलाइ पटक पकट खसियो भनेको शब्द सुनिने गरेको छ । गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार पालिकामा इन्जिनियर दिपक शाही र उनका दाजु योगेन्द्र शाहीले कार्यकक्षमा हातपातको प्रयास गरेको बताएका छन् ।

यस आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट खाध्य डिपो निर्माण गर्न ५ करोड रुपैयाँको लगानीमा गाउँपालिकाले ठेक्का गरेको थियो । ठेक्काको स्वीकृतको अन्तिम चरणमा पुगेको बेला विवाद उत्पन्न भएको थियो । ठेक्का आफ्नो पक्ष तथा आफु अनुकलका ब्यक्तिलाइ पार्न खोज्दा विवाद सतहिमा आएको देखिन्छ । गाउँपालिकामा तालाबन्दी गरिसकेपछी केही व्यक्तीहरुले आफु माथी विभिन्न किसिमका अपशव्द प्रयोग गर्दै धम्की दिने गरेको अध्यक्ष रोकायाले बताए । साथै सामाजिक सञ्जालमा समेत धम्कि आइरहेको उनले बताए ।
उनीहरुले गाउँपालिकाको साप्पाटामा निर्माण हुन लागेको खाद्य भवनको ठेक्का प्रक्रिया समयमा कार्यान्वयन नगरेको भन्दै  साेमवार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको थिए ।

चर्चामा

सम्बन्धित समाचार