• होमपेज
  • बडिमालिका
  • बडीमालिका–७ का मदन उपचार अभावमा घरमै थला परे

बडीमालिका–७ का मदन उपचार अभावमा घरमै थला परे

  • मङ्लबार, फाल्गुन २०, २०८१
बडीमालिका–७ का मदन उपचार अभावमा घरमै थला परे

बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ७ का मदन धामी उपचार अभावमा घरमै थला परेका छन् । २०८१ कार्तिक ३ गते डडेल्धुरामा कृषि काम गर्ने क्रममा हाते ट्याक्टरले मदनको दाँया खुट्टा काटिएको थियो । उनको ट्याक्टरले बाँया खुट्टामा पनि गम्भिर चोट लागेको थियो ।

तत्काल उनलाई उपचारका लागि धनगढी लगेका थिए । धनगढीमा उपचार सम्भव नभएपछि उनलाई भारत पुगाएर परिवारले रिन काढेर उपचार गरेका थिए । भारतमा उपचार गरेर मदन घर आएका छन् । तिन महिना पछि खुट्टामा हालेको रड निकाल्नुपर्ने तथा थप उपचार गर्नुपर्ने बताएपनि पैसा नहुँदा घरमै अलपत्र रहेका छन् ।

१८ बर्षका मदन अहिले अशक्त भएर आर्थिक समस्या हुँदा उपचार अभावमा घरमै थला परेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

घाइते भएको बेला उनलाई काम गराउने मालिकले उपचारका लागि धनगढीसम्म पुगाए पनि त्याँहा अलपत्र पारेको मदनका बुवा जया धामीले बताए । जयाले गाउँमा रिन काढेर मदनको उपचारका लागि भारतसम्म पुगाएर पहिलो चरणमा उपचार गरेको बताए । फेरी तीन महिनापछि आउन भनेको तर पैसा नहुँदा घरमा रहेको उनले बताए ।

मदनको काटिएको दाँया खुट्टा र चोट लागेको बाँया खुट्टाको उपचार गर्न पैसा नहुँदा अहिले घरमै थला परेका छन् । मदनका बुवाले छोराको उपचारका लागि सहयोग गरी दिन बडीमालिका फाउन्डेशन नेपाललाई हारगुहार गरेका छन् । अर्को मदनको कृत्रिम खुट्टा हाल्नुपर्ने अवस्था रहेको छ । खुट्टा हाल्ने त टाढाको बिषय हो, उपचार गर्ने पैसा नभएको परिवारले बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार