शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • कैलालीको जंगलमा २ जना पुरुषको शव भेटियो

कैलालीको जंगलमा २ जना पुरुषको शव भेटियो

  • आइतवार, फाल्गुन १८, २०८१
कैलालीको जंगलमा २ जना पुरुषको शव भेटियो

धनगढी —कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।

मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए ।

उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको छ ।

चर्चामा

सम्बन्धित समाचार