सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा दुई दिनदेखि विद्युत सेवा अवरोध

बाजुरामा दुई दिनदेखि विद्युत सेवा अवरोध

  • शनिबार, फाल्गुन १७, २०८१
बाजुरामा दुई दिनदेखि विद्युत सेवा अवरोध

बाजुरा—बाजुरामा दुई दिनदेखि विद्युत सेवा अवरोध हुदैँ आएको छ । जिल्ला सदरमुकाम मार्तडी सहित केही पालिकासम्म जडान गरिएको राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरोध भएको हो ।

बिहीवार रातिदेखि विद्युत लाइन केही समय आउने जाने भएर सेवाग्राहीहरुलाई समस्या भइरहेको छ । जिल्लामा दुई दिनदेखि राति कुनै लाइनमा केही समय झ्यापझुप हुने विद्युत दिनभर भने पूर्ण रुपमा अवरुद्ध भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले भने फागुन १५ गते रातिदेखिको भारी बर्षाले विद्युत लाइनका विभिन्न स्थानमा समस्या आएर विद्युत सेवा अवरोध भइरहेको जनाएको छ । अछामको साँफेबगर देखि बाजुरा सदरमुकाम मार्तडीसम्म लामो लाइन भएका कारण बर्षाले कतै रुख ढलेर तार चुडिने जस्ता समस्या भएको भन्दै सेवा अवरोध भइरहेको छ । त्यस्तै जिल्लामा विद्युत लाइनका तीन वटा फेज मध्ये आज दुईवटा फेजमा आएको समस्या समाधान गरेर केही समयमा विद्युत बल्ने वितरण केन्द्रले जानकारी दिएको छ । तेस्रो फेजको समस्या भने अहिलेसम्म पत्ता नलागेको र मर्मतका लागि कर्मचारी खटिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार