
धनगढी— प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे सर्वसम्मत नयाँ नेतृत्व चयन भएकाे छ । सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे ।
उपाध्यक्षमा मीन ठकुरी र कल्पना बोहरा चयन भएका छन्। प्रदेश महासचिवमा भानुभक्त आर्चाय चयन भएका छन्। कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त चयन भएका छन्। प्रदेश सचिवमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दीपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी चयन भएका छन्।
नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी, सुदूरपश्चिमका सदस्यहरुसमेत सर्वसम्मतिमा चयन भएका छन्। प्रदेश सदस्यमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट,मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक चयन भएका छन्। यस्तै, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउँद (आलोक), बहादुर साउँद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता चयन भएका छन्। पार्वती ओड, धन बहादुर विक र वेदप्रकाश ओलीसमेत सदस्यमा चयन भएका छन्।
