मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको हिमालीमा बाघको आक्रमणबाट ४५ बाख्रा मरे

बाजुराको हिमालीमा बाघको आक्रमणबाट ४५ बाख्रा मरे

  • बिहिबार, फाल्गुन १५, २०८१
बाजुराको हिमालीमा बाघको आक्रमणबाट ४५ बाख्रा मरे

टेकबहादुर बुढा—बाजुरामा बाघको आक्रमणमा परी ४५ वटा बाख्रा मरेका छन् । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन् ।

बिहीवार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए । उनका अनुसार खोरमा रहेका ४५ वटा बाख्रा मध्ये केही साना पाठा खाएका छन् भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिए ।

बिहान बाख्री खोरमा जाने क्रममा खोरमै पसेर सबै बाख्रा बाघले आक्रमण गरी मारेको खबर बुढथापाले प्रहरीलाई जानकारी गराएका थिए । सो खबर पाए पश्चात् अस्थायी प्रहरी पोष्ट कुवाडीबाट प्रहरीको टोली गएको थियो । यसरी खोरमै पसेर बाघले सबै बाख्रा मारी दिएपछि स्थानीय बुढथापा चिन्तित बनेका छन् ।

त्यस्तै जिल्लामा यस बर्षको हालसम्म प्रहरीको तथ्यांकमा आएअनुसार बाघको आक्रमणबाट ६३ बाख्रा मरेका छन् भने २१ वटा घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार