बाजुरा—बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० बर्षका नृपराज रेग्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार साथीहरुसँग गाउँ नजिकै माछा मार्न गएका रेग्मी सोही ठाउँबाट वेपत्ता भएका थिए । रेग्मी आज (बिहीवार) बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेका जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।
मृतक रेग्मीको शव पोर्ष्टमाटमका लागि कोल्टी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा उनी भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।