
मुगु–रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्णरुपमा नष्ट भएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।
