सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका–२ का ३ सयबढी विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण

बडीमालिका–२ का ३ सयबढी विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण

  • बुधबार, फाल्गुन १४, २०८१
बडीमालिका–२ का ३ सयबढी विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण

बाजुरा —बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर २ का ३ सय बढी विपन्न विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा न्यानो लुगा वितरण गरिएको छ । मङ्लवार अमेरिकी नागरिक जिम्मेरी वरेलीको सहयोग तथा वडा नम्वर २ को समन्वयमा वडाका ३ वटा विद्यालयका ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यानो लुगा वितरण गरिएको हो ।

वडा अध्यक्ष डम्वरबहादुर महतका अनुसार सत्यवादी मावि भौनेराका २ सय ७४, विपि आधारभुत विद्यालय घटमुनाका ३४ र कैलाश आधारभुत विद्यालय घागरका १० गरी ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई पोसाक तथा न्यानो लुगा वितरण गरिएको छ । विद्यार्थीहरुलाई चिसाे छल्नका लागि स्वीटर, ट्रयाकसुट र टोपी वितरण गरिएको उनले बताए ।

त्यस्तै ३ वटै विद्यालयका विपन्न विद्यार्थीहरुलाई सत्यवादी माविमा एक औपचारिक कार्यक्रमकावीच बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, २ का वडा अध्यक्ष डम्बरबहादुर महत र सत्यवादी माविका प्रधानाध्यापक मानबहादुर हमालले विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा न्यानो लुगा वितरण गरेका हुन् ।

न्यानो लुगा वितरण कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले नगरपालिकाको सेवा क्षेत्रभित्रका सवै विद्यालयहरुको शैक्षिक सुधारका लागि निरन्तर लागि रहेको बताए । उनले सत्यवादी मावि शैक्षिक क्षेत्रमा पालिकाभित्रकै एक नमुना विद्यालयका रुपमा अगाडि बढिरहेकाे भन्दै बताए ।

चर्चामा

सम्बन्धित समाचार