
धनगढी— केशवराज जोशीको नेतृत्वमा २७ सदस्यीय प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको समिति निर्विरोध चयन भएको छ । डडेल्धुराको आलितालमा सम्पन्न तेस्रो अधिवेशनबाट प्रेस सेन्टरका उपमहासचिव रहेका जोशी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
संगठनको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष महिलातर्फ जानकी धामी, उपाध्यक्ष समावेशीतर्फ मुकेश टेर्रा र महासचिवमा तेजराज भट्ट निर्विरोध चयन भएका छन् । त्यस्तै सचिवमा सुवाश कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, पदम सुनार र कोषाध्यक्षमा दिपकराज अवस्थी पनि निर्विरोध चयन भएका छन् ।
अधिवेशनको बन्दसत्रबाट प्रदेश समितिको सदस्यमा पुस्करराज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी र होम योगी निर्विरोध चयन भएकाे जनाएकाे छ ।
अधिवेशन उद्घाटन समारोहमा ‘युद्ध पत्रकारिता’ गरेका सुदूरपश्चिमका ३० जनालाई सम्मान गरिएको छ ।
प्रदेश समितिका निवर्तमान अध्यक्ष भुवन बोहराको अध्यक्षतामा सोमबारदेखि सुरु भएको प्रदेश अधिवेशनको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले उद्घाटन गरेका थिए ।
