बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । साेमवार जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा सञ्चालन भएकाे प्रतियोगिता पुर्व प्रदेश प्रमुख जोशीले उद्घाटन गर्दै सुरु भएकाे हाे ।
जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगा नगरपालिकाको भानोदय माद्यमिक विद्यालयमा सञ्चालन भएकाे छ । प्रतियोगितामा छात्रछात्रा भलिवल,कबड्डी लगायतका एथ्लेटिक्स तर्फका खेलहरु संचालन हुने जिल्ला खेलकुद समिति बाजुराले जनाएकाे छ । प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका खेलाडीहरु सहभागी भएका छन् ।
जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका छन् । कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा,पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा,संविधान सभाका पुर्व सदस्य बसुन्धरा रोकाया विशिष्ट अतिथी रहेका थिए । त्यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,९ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी,जिल्लास्थित राजनितिक दलका प्रमुख,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, सुरक्षा निकायका प्रमुख लगायत अतिथी रहेका थिए ।