मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराका भूकम्प पीडित तथा विपन्न परिवारलाई राहत वितरण

बाजुराका भूकम्प पीडित तथा विपन्न परिवारलाई राहत वितरण

  • आइतवार, फाल्गुन ११, २०८१
बाजुराका भूकम्प पीडित तथा विपन्न परिवारलाई राहत वितरण

बाजुरा– बाजुराका भूकम्प पीडित तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । जिल्लाको जगन्नाथ, स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका गरी एक सय ५७ परिवारहरुलाई राहत वितरण गरिएको हो । नेपाल राइजिङको सहयोग र बडीमालिका फाउन्डेशन नेपालको समन्वयमा भूकम्पबाट प्रभावित तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।
शनिवार जगन्नाथ गाउँपालिकाको आयोजनामा जुड्डीमा भूकम्पबाट प्रभावित तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । बडीमालिका फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश सिंहले भूकम्पबाट पीडित तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको बताए । उनका अनुसार भूकम्प पीडित तथा विपन्न परिवारहरुलाई खाद्यान्न, बलांकेट, त्रिपाल लगायतका राहत सामग्री वितरण गरिएको छ ।
भूकम्पबाट बाट प्रभाबित तथा विपन्न १ सय ५७ परिवारलाई चामल, दाल, नुन, तेल, साबुन, बलांकेट, त्रिपाल लगायतका सामग्री वितरण गरिएको जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिका १ का वृद्ध खड्क कडाराले यसअघि आफूलाई कतैबाट पनि कुनै सहयोग नभएको भन्दै अहिले राहत पाएपछि खुसी भएको बताए । शारीरिक रुपमा अपांग समेत रहेका कडाराले राज्यले पनि आफूहरु जस्ता विपन्न परिवारहरुलाई बेवास्ता गरेको दुखेसो पोखे ।
राहत वितरण कार्यक्रममा बोल्दै जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बडीमालिका फाउन्डेशन नेपालले राइजिङ नेपालसँग समन्वय गर्दै पालिकाका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको भन्दै धन्यवाद दिएका छन् । अध्यक्ष शाहीले फाउन्डेशनले यसअघि पनि विभिन्न सहयोग गरिरहेको भन्दै आगामी दिनहरुमा थप सहयोगको अपेक्षा रहेको र पालिकाको तर्फबाट गर्न सकिने सहयोग सदैव रहने बताए ।
२०८१ पुस ६ गते बिहान जगन्नाथ गाउँपालिका वडा नम्बर ५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पले जिल्लामा सबैभन्दा बढी भौतिक क्षेति जगन्नाथमा भएको थियो । बडीमालिका फाउन्डेशन नेपाल र नेपाल राइजिङले जिल्लामा विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्दै भूकम्प पीडित तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार