बाजुरा– नेकपा (एमाले) बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशनबाट हेम रोकाया निर्वाचित भएका छन् । बुढीनन्दा नगरपालिकाको केन्द्र कोल्टीमा भएको निर्वाचनमा उनका प्रतिष्पर्धी हरिचन्द रेग्मीलाई ४ मतान्तरले पराजित गर्दै विजयी भएको निर्वाचन मण्डलले जनाएकाे छ ।रोकायाले आफ्नो पक्षमा ५१ मत ल्याएर विजयी भएका छन्, भने निकटतम प्रतिष्पर्धी रेग्मीले ४७ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्ष दुर्गा रावतले ५२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी खडक विष्टले ४१ मत ल्याएका हुन् । सचिवमा मनहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन्, भने उपसचिवमा पनि दीपक बोहरा निर्विरोध निर्वाचित भएका छन् ।
उपसचिव समावेशी कोटा अन्तर्गत महिलाको उम्मेवारी भने मापदण्ड नपुगेका कारण खारेज गरिएको निर्वाचन मण्डलले जनाएको छ ।अधिवेशनमा उम्मेदवारहरुबीच सहमति हुन नसकेपछि निर्वाचन गरिएको हो । नेताहरुले नगर कमिटीको अधिवेशनमा सहमति गर्न अन्तिम प्रयास गरेका थिए ।