बाजुरा– जिल्ला अस्पताल बाजुरामा हुने कुनै पनि विपद्का क्रियाकलाप न्यूनीकरणका लागि बाजुरा जिल्ला अस्पताल विपद् पूर्वतयारी प्रतिकार्य योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । विपद्को समयमा आइपर्ने समस्यासँग जुद्धन र आउन नदिनका लागि पूर्वतयारी प्रतिकार्य योजना बनाउन लागिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृप गिरीले बताए । पहुच बृद्धि परियोजना अन्तरगत ह्याण्डिक्याप इन्टरनेटश्नलको सहयोगमा जिल्ला अस्पताल बाजुरा, बडिमालिका नगरपालिका र मानव संशाधन केन्द्रको सहकार्यमा बाजुरा जिल्ला अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यशाला निर्माण सुरु गरिएको गिरीले बताए ।
उनका अनुसार योजना निर्माण र विपद् प्रकोप नियन्त्रणबारे जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी जिल्ला स्थिति सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधी सुरक्षा निकाएका प्रतिनिधीले दुई दिनसम्म बृहत छलफल गरेका छन् । दुर्घटना, भुकम्प, बाढी, पहिरो, झाडापखाला लगाएत अन्य प्रकोपको बारेमा स्वास्थ्यकर्मीलाई विपद् नियन्त्रण बारेमा सचेतना अभिवृद्धि गर्न कार्यशाला आयोजना गरीएको हो ।
अस्पतालहरूमा औषधि र सामग्री तयारी अवस्थामा राख्ने देखि स्वास्थ्यकर्मीलाई तालिम दिएर जुनसुकै विपदमा पनि उपचार सेवा प्रवाह गर्न सक्ने बनाउने उद्देश्यकाले कार्यशाला भएको छ । कार्यशालामा अस्पतालले गर्ने पूर्व तयारी, आपतकालीन सेवा र योजना निर्माणको विषयमा छलफल भएको थियो ।
२ दिनसम्म चलेको कार्यशालाले विपद्को समयमा स्वास्थ्य क्षेत्रवाट गर्नुपर्ने सबै प्रकारका तयारीका बारेमा डेमो मार्फत निर्क्योल निकाल्ने प्रयास गरेको थिए । कार्यशालाको सहजिकरण डाक्टर नविन फुयाल र सुबित मास्केले गरेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला अस्पताल बाजुराका अध्यक्ष मानबहादुर कार्कीले गरेका थिए भने प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।