बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नेकपा एमाले बुढिनन्दा नगरकमिटीको निर्वाचन : मतगणना सुरु

नेकपा एमाले बुढिनन्दा नगरकमिटीको निर्वाचन : मतगणना सुरु

  • शुक्रबार, फाल्गुन ९, २०८१
नेकपा एमाले बुढिनन्दा नगरकमिटीको निर्वाचन : मतगणना सुरु
फाइल तस्बिर

बाजुरा– फागुन ५ गते देखी सुरु भएको नेकपा एमाले बुढिनन्दा नगर कमिटीको दोस्रो नगर अधिवेशन ५ दिन पछि भतदान पश्चात मतगणना सुरु भएकाे छ ।  नगर कमिटिका अध्यक्ष लगायतका केही पदमा उम्मेद्धार बिच सहमती नभएपछी निर्वाचन प्रक्रियामा थियाे  । मतदान सकिएसंगै केही  समय अगाडीदेखी मत गणना  सुरु भएकाे निर्वाचन कमिटीले जनाएकाे छ ।
केही पदहरुमा सहमती भए पनि नगर कमिटी अध्यक्ष र उपाअध्यक्ष, लेखा समिति अध्यक्ष,उपाअध्यक्ष र सचिव पदमा मतदान भएकाे नेकपा एमाले बुढिनन्दा नगर कमिटीकाे निर्वाचन मण्डलले जनाएकाे छ । जसमा अध्यक्ष पदका लागी हेम बहादुर रोकाया हरिचन्द रेग्मी र सुकबिर कडाराको उम्मेद्धारी रहेको निर्बाचन कमिटिले जनाएको छ । त्यसै गरि उपाअध्यक्षमा दुर्गा रावत र खडक बिष्टको उम्मेदवारी रहेको  छ ।

त्यस्तै गरी लेखा समितिको अध्यक्षमा छक्क बहादुर बोहरा र अंग बहादुर भाट बिच मतदान भएकाे थियाे  भने उपाअध्यक्षमा जनक बहादुर जेठारा र गोल्मा मल्लबिच मतदान भएकाे एमालेले जनाएकाे छ । सचिवमा धनबहादुर धामी र दिपराज बोगटीको उम्मेदवार रहेका छन । माथी उल्लेखित पदममा गर्न १ सय १६ जना मतदाताले मतदान गर्ने छन ।

चर्चामा

सम्बन्धित समाचार