• होमपेज
  • समाज
  • बुढीगंगामा बिहे भोजमा गएका दुई समुह बिच झडप, एक जनाको मृत्यू

बुढीगंगामा बिहे भोजमा गएका दुई समुह बिच झडप, एक जनाको मृत्यू

  • शुक्रबार, फाल्गुन ९, २०८१
बुढीगंगामा बिहे भोजमा गएका दुई समुह बिच झडप, एक जनाको मृत्यू

बाजुरा– बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो झडपबाट घाईते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यू हुनेमा बुढीगंगा नगरपालिका ९ डुग्रीतोलाका अन्दाजी २९ बर्षिया रणबहादुर थापा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहोराका अनुसार हिजो राति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो झडप भएको थियो । झडपमा रण बहादुर थापा घाईते भएका थिए ।

थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बोहोराले बताएका छन । सुचना अधिकारी बोहोराका अनुसार आरोपीत ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भईरहेको बताए ।

पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ७ का वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । झडपबाट मृतक थापालाई बयालपाटा अस्पतालबाट पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार