बाजुरा– फागुन ५ गते देखी सुरु भएको नेकपा एमाले बुढिनन्दा नगर कमिटीको दोस्रो नगर अधिवेशन ५ दिन पछि चुनावमा हुमिएकाे छ नगर कमिटिका अध्यक्ष लगायतका केही पदमा उम्मेद्धार बिच सहमती नभएपछी निर्वाचन प्रक्रियामा गएको हो । मतदान केही समय अगाडीदेखी सुरु भएकाे निर्वाचन कमिटीले जनाएकाे छ ।
केही पदहरुमा सहमती भए पनि मतदान हुने पदहरुमा नगर कमिटी अध्यक्ष र उपाअध्यक्ष, लेखा समिति अध्यक्ष,उपाअध्यक्ष र सचिव पदमा मतदान भइरहेकाे नेकपा एमाले बुढिनन्दा नगर कमिटीकाे निर्वाचन मण्डलले जनाएकाे छ । जसमा अध्यक्ष पदका लागी हेम बहादुर रोकाया हरिचन्द रेग्मी र सुकबिर कडाराको उम्मेद्धारी रहेको निर्बाचन कमिटिले जनाएको छ । त्यसै गरि उपाअध्यक्षमा दुर्गा रावत र खडक बिष्टको उम्मेदवारी रहेको जनाएको छ ।
त्यस्तै गरी लेखा समितिको अध्यक्षमा छक्क बहादुर बोहरा र अंग बहादुर भाट बिच प्रतिस्प्रधा भइरहेकाे छ भने उपाअध्यक्षमा जनक बहादुर जेठारा र गोल्मा मल्लबिच मतदान भइरहेकाे जनाइएकाे छ । सचिवमा धनबहादुर धामी र दिपराज बोगटीको उम्मेदवार रहेका छन । माथी उल्लेखित पदममा गर्न १ सय १६ जना मतदाताले मतदान गर्ने छन ।