मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • विचित्र संसार
  • जब चीनका सडकमा ओर्लिए रोबोट पुलिस !

जब चीनका सडकमा ओर्लिए रोबोट पुलिस !

  • शुक्रबार, फाल्गुन ९, २०८१
जब चीनका सडकमा ओर्लिए रोबोट पुलिस !

आर्टिफिसियल इन्टेलिजेन्सपछि बजारमा एआई रोबोटको प्रवेश भइसकेको छ । एप्पल तथा मेटाजस्ता दिग्गज अमेरिकी कम्पनीले यस क्षेत्रमा काम गर्ने तयारी गरिरहेको र इलोन मस्कलाई समेत आंशिक मात्रै सफलता प्राप्त भएको छ । तर, चीन भने एआई रोबोटको क्षेत्रमा विश्वका अन्य देशभन्दा निकै अगाडि बढिसकेको छ । चीनमा रोबोट पुलिस सडकमा खटिइसकेका छन्।

चीनको ग्वान्जाओ प्रान्तस्थित सेन्जेनमा एआई रोबोटहरु तीव्र रुपमा लोकप्रिय बनिरहेका छन् । सेन्जेनको नानशान जिल्लामा एउटा रोबोटले सार्वजनिक ठाउँमा प्रहरी अधिकारीको रुपमा काम गरिरहेको पिपुल्स डेलीले जनाएको छ । उक्त रोबोट चिनियाँ एआई डीपसीकको अत्याधुनिक लार्ज ल्याङ्ग्वेज मोडेलमा आधारित छ।

के छ यो रोबोटको विशेषता ?

यहीँ एआई प्रविधिको प्रयोग फूटियन जिल्लामा प्रशासनिक सरकार तथा सार्वजनिक सेवालाई राम्रो बनाउनका लागि गरिँदैछ । सोमबार यसको एउटा भिडियो पनि सार्वजनिक गरिएको छ जसमा १.३८ मिटर लामो मानवस्वरुप रोबोट (ह्युमानोइड रोबोट) लाई देखाइएको छ । उक्त रोबोटले पुलिस अधिकारीसँग हात मिलाउँदै तथा अन्य मानिसहरुतर्फ हात हल्लाउँदै गरेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार