बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • नेकपा एमाले बुढिनन्दा नगरकमिटीको दोश्रो अधिवेशन, अन्तः दुई टिमबिच प्रतिस्पर्धा

नेकपा एमाले बुढिनन्दा नगरकमिटीको दोश्रो अधिवेशन, अन्तः दुई टिमबिच प्रतिस्पर्धा

  • बिहिबार, फाल्गुन ८, २०८१
नेकपा एमाले बुढिनन्दा नगरकमिटीको दोश्रो अधिवेशन, अन्तः दुई टिमबिच प्रतिस्पर्धा

बाजुरा– फागुन ५ गते देखी सुरु भएको नेकपा एमाले बुढिनन्दा नगर कमिटीको दोस्रो नगर अधिवेशन ४ दिन पछि चुनावमा जाने तयारीमा जुटेको छ । नगर कमिटिका अध्यक्षका उम्मेद्धार बिच सहमती नभएपछी निर्वाचन प्रक्रियामा गएको हो ।
हरेक पद कुनैमा ३/३ र कुनैमा २/२ जनाको उम्मेद्धारी रहेको निर्बाचन मण्डलले जनाएको छ । अध्यक्षमा हेम बहादुर रोकाया र हरिचन्द रेग्मी र सुकबिर कडाराको उम्मेद्धारी रहेको निर्बाचन कमिटिले जनाएको छ । त्यसै गरि उपाअध्यक्षमा दुर्गा रावत र खडक बिष्टको उम्मेदवारी रहेको जनाएको छ । सचिवमा मन बहादुर रोकाया र लोकराज बिष्ट, उप सचिवमा दिपक बोहरा, गोबिना सार्की,अबिनास बोहरा,राम बहादुर रोकाया र रमिला लवारको उम्मेद्धवारी रहेको निर्बाचन कमिटिले जनाएको छ ।
त्यसै गरी लेखा समितिको अध्यक्षमा छक्क बहादुर बोहरा र अंग बहादुर भाटको उम्मेद्धारी रहेको छ । त्यस्तै उपाअध्यक्षमा जनक बहादुर जेठारा र गोल्मा मल्ल रहेका छन । सचिवमा धनबहादुर धामी र दिपराज बोगटीको उम्मेदवार रहेका छन भने एक जना सदस्य भने निरबिरोध निर्बाचित भएका छन । निर्बाचित हुनेमा लेखा समिति सदस्य पदमा खडक लुहार रहेका छन । भाेलि बिहान८ बजेदेखी  मतदान हुने निर्वाचन कमिटीले जनाएकाे छ ।
No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार