बाजुरा– बडिमालिका नगरपालिकाका जनप्रतिनिधी कर्मचारी र स्थानीय समन्वय समितिहरुसंग अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धि एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । अपाङगता ब्यक्तिहरुलाई दिईने परिचय पत्रलाई ब्यवस्थित गर्ने उद्देश्यले स्किृनिङ एप्स निर्माण गरि संचालनमा ल्याउन लागिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।
छलफलका कार्यक्रममा अपाङगता ब्यक्तिकाहरुको पहुँच सेवा सुबिधा कार्यन्वयनमा दुर्गम क्षेत्रमा चुनौति रहेको सहभागीहरुले बताएका छन् । भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकहरुलाई कस्ता अपाङगता भएको ब्यक्ति र कति उमेरसम्मकोले परिचय पत्र पाउछ भन्ने नै जानकारी नहुने गरेको बताए । परिचय पत्र बनाउन के कस्ता कागजातहरु अवश्यक पर्छ थाहा नहुँदा झनै असहज हुने गरेको थियो, यो स्किृनिङ एप्सले सवै सुचकहरु राखेको र कागजी झन्झटीलो लाई समेत सजिलो हुने भएको छ ।
स्किृनिङ एप्स मोवाईहरुमा सहजै जतासुकै चलनाउन सकिने भएकोले दुर्गम क्षेत्रका स्थानिय तहलाई काम गर्न सहज हुने विश्वास रहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । खड्काले भने हाम्रो सवै वडाहरु इन्टरनेटको पहुँचमा रहेकोले वडाबाटै पनि काम गर्न सकिने र कागज नै बोकेर हिड्न नपर्ने बताए । बडिमलिका नगरपालिकाको समन्वय सहकार्य युरोपीयन यूनियन र संयुक्त राष्ट्र सघंको आर्थिक सहयोग र सामाजिक सुरक्षा नागरिक समाज संजालका र निड्स नेपालको आयोजनामा छलफल कार्यक्रम भएको थियो ।
छलफल कार्यक्रममा अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धिको महत्व र एप्स संचालन भएपछि हुने सहजताको विषयमा सिडब्लुआईएसएचका कार्यक्रम संयोजक उमंग मैनाली र यूनिसेफका प्रकाश आचार्यले सहजिकरण गरेको थिए । बडिमालिका नगरपालिकाको हलमा संचालन भएको कार्यक्रमको बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिका वडा अध्यक्ष पालिकाका कर्मचारी अपाङग संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।