टेक बहादुर बुढा– बाजुराको बुढिगंगा नगरपालिकामा निर्माण हुन लागेको १५ शैय्या अस्पताल अलपत्र अबस्थामा रहेको छ । सम्पन्न गर्ने मिति सकिसक्दा पनि जग समेत हाल्ने काम भएको छैन् । अस्पतालको केही फाउन्डेसन खनेर निर्माण कार्यअलपत्र रहेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
पालिकाले १९ करोड ४७ लाख ९४ हजार ३ सय ५४ ठेक्का लगाएको थियो । स्काइ निशान अधिकारी जेभीले १३ करोड २ लाख ५५ हजार ८ सय ३६ रकममा काम गर्ने गरि सम्झौता भएको थियो । पालिका र निर्माण कम्पनी बिच २०७८ कार्तिक २३ गते सम्झौता भएको थियो । २०८१ भदौ २० गते काम सम्पन्न गर्ने रहेको थियो । काम सम्पन्न मिति सकिएपनि २० प्रतिशत पनि काम नभएको पाइएको छ ।
नगरपालिकाले पुन कम्पनीलइ काम गर्ने म्याद थप गरेको छ । ठेकेदारले २ करोड ६० लाख पेश्की लिएको छ भने काम गरे बाफत ७२ लाख २९ हजार ९ सय ३५ रुपैयाँ गरि ३ करोड ३२ लाख २९ हजार ९ सय ३५ पालिका बाट भुक्तानि लिइसकेको छ । तर काम भने १० प्रतिशत पनि नभएको प्राबिधिकले जनाएका छन् ।
नगरपालिकामा निर्माण हुन लागेको अस्पताल एक त जोखिम ठाउँमा भइरहेको छ, अर्को ठेकेदारले काम नगर्दा समस्या भएको स्थानियले वताए । अहिले निर्माण भइरहेको पहिरो जाने तथा भिरालो ठाउँ रहेको छ । अस्पताल निर्माण हुन लागेको माथि भागमा रहेका चार परिवार बिस्थापित समेत भइसकेका छन् । अस्पतालको फाउन्डेसन खन्दै माथितिर पहिरो जाने सम्भाबना भएपछि चार परिवार बिस्थापित भएको नगरप्रमुख राम बहादुर बाँनियाले वताए ।
पालिकाका एक प्राबिधिकले भने अस्पताल निर्माणका लागि डिपिआर नै गलत ठाउँमा भएको थियो । पछिल्लो समय ठेकेदारको कमजोरीले भवन निर्माण अलपत्र रहेको नगरप्रमुख बाँनियाले वताएका छन् ।
केपी ओली प्रधानमन्त्रि हुदा एक पालिका एक अस्पतालको शुरुवात अन्तर्गत बुढिगंगा नगरपालिकामा पनि अस्पताल निर्माण हुन लागेको हो । ठेकेदारले ३ करोड बढी रकम लिइसकेको छ, काम भने अस्तव्यस्त बनाएको स्वास्थ्य शाखा प्रमुख शाहले भने । पटक पटक नगरपालिकामा भवन निर्माण पहल चाडो गर्न आग्रह गरेपनि काम भने हुन नसकेको शाहले वताए ।
अस्पतालको भवन निर्माणको बेला दिपक बिक्रम शाह नगरप्रमुख थिए । उनि काँग्रेस बाट निर्वाचित हुन् । अहिले एमाले बाट निर्वाचित नगरप्रमुख राम बहादुर बाँनिया रहेका छन् । निर्माण हुन लागेको अस्पताल उपयुक्त ठाउँमा नभएको भन्दै स्थानियले बिरोध जनाएका थिए । सम्भाबित ठाउँ अन्यत्र भएपनि त्यो बेला पालिकाले मनोमानी रुपमा जोखिम ठाउँमा अस्पताल बनाउन लागेको एक स्थानियले वताएका छन् । सँगै निर्माण शुरु भएको जगन्नाथ गाउँपालिकामा रहेको १५ शैया अस्पताल निर्माण सम्पन्न भएर प्रयोगमा समेत आइसकेको छ ।