शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको मन्त्री खड्काद्वारा उद्घाटन

अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको मन्त्री खड्काद्वारा उद्घाटन

  • बिहिबार, फाल्गुन ८, २०८१
अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको मन्त्री खड्काद्वारा उद्घाटन

अछाम– अछाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार एक अौपचारिक कार्यक्रमविच सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री मेघराज खड्काले चौरपाटी गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरेका हुन् । खेलकुद विकास समिति अछामको आयोजना र चाैरपाटी गाउँपालिकाकाे सह-आयाेजनामा पालिकाकाे केन्द्रमा निर्माण गरिएको खेलमैदानमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगिताकाे भव्य उद्घाटन गरिएको हो ।

रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सत्रमा सांस्कृतिक पर्व भूवानाज, न्याउले खेल लगायतका स्थानीय झाँकी समेत प्रस्तुत गरिएको थियो भने बिहीबारदेखि नियमित खेलकुद सञ्चालन भइरहेकाे आयाेजक खेलकुद समिति अछामले जनाएको छ ।
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० वटै पालिकाका ७ सय बढी खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा छात्र छात्रा भलिबल, कवडी लगायत एथलेटिक्सतर्फका खेल सञ्चालन हुनेछन् ।

कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सभा सदस्य मान बहादुर रावल,जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर रहेका थिए । यस्तै जिल्ला बिकास अछामका पुर्व सभापति भरत कुमार स्वार,अछामका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख,प्रमुख जिल्ला अधिकारी शिव प्रशाद लम्साल, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार