आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको साँफे–मार्तडी सडकखण्ड बिहानदेखि बन्द

बाजुराको साँफे–मार्तडी सडकखण्ड बिहानदेखि बन्द

  • सोमवार, फाल्गुन ५, २०८१
बाजुराको साँफे–मार्तडी सडकखण्ड बिहानदेखि बन्द

बाजुरा—बाजुराको साँफे–मार्तडी सडकखण्ड बिहानदेखि अवरुद्ध अवस्थामा रहेको छ । आइतवार रातिदेखि खुलेको सडकखण्ड फेरी सोमवार बिहान ७ बजेदेखि बन्द गरिएको हो ।

आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अन्दाजी ८ वर्षीया नयन पाध्यायको मृत्यु र आमा विस्ना पाध्याय घाइते भएपछि पिडितहरुले सडकखण्ड बन्द गरेका हुन् ।

आइतवार राति जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पिडित पक्षलाई सम्झाई बुझाई गरेर बाटो खुलाए पनि पिडित पक्षले उचित क्षेतिपूर्तिको माग गर्दै फेरि सडकखण्ड बन्द गरेका छन् ।

सडक बन्द भएपछि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका स्थानमा र जिल्लामै आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयले भने बिहानदेखि दुवै पक्षलाई राखेर छलफल भइरहेको र चाडो सडकखण्ड सुचारु गर्न प्रयास भइरहेको समेत जानकारी दिएको छ ।

धनगढीबाट सदरमकाम मार्तडी आउँदै गरेको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ छोराआमा गम्भीर घाईते भएका थिए । बालकको उपचारका क्रममा मृत्यु भएको थियो भने घाइते गर्भवती महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार