सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • खानेपानी आयोजना निर्माण सम्पन्न भएको ३ बर्षपछि सञ्चालनमा

खानेपानी आयोजना निर्माण सम्पन्न भएको ३ बर्षपछि सञ्चालनमा

  • सोमवार, फाल्गुन ५, २०८१
खानेपानी आयोजना निर्माण सम्पन्न भएको ३ बर्षपछि सञ्चालनमा

बाजुरा—बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको ३ बर्षपछि सञ्चालनमा आएको छ । मार्तडी स्थित बडीमालिका नगरपालिका–८ को रानीवनमा ३ बर्षअघि फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेको भएपनि अहिले सञ्चालन गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीले खानेपानी गुणस्तर सुधार आयोजना अन्र्तगत मार्तडीमा फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेको छ । २०७६ पुस २४ गते प्याराडाइज विल्डस प्रालिले २ करोड ५७ लाख ३७ हजार बढीको लागतमा ठेक्का पाएको थियो । सम्झौता भएको बेला ०७८ असारमा सक्ने रहेको थियो ।

तीन वटा ट्याङकी सहित आवश्यक पुर्वाधार निर्माण गरेको थियो । ठेकेदार हस्त कुवरका अनुसार आफुले समयमै काम सकेको थिए, कार्यलयको कमजोरीले ढिला सञ्चालनमा आएको बताए ।

पानी शुद्धिकरण सहितका खानेपानी ट्याङकी निर्माण गरेको ३ बर्षपछि बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले अहिले प्रयोगमा ल्याएको छ । पानी शुद्धिकरण गर्ने ट्याङकी निर्माण भएर मार्तडी बजारमा खानेपानी उपलब्ध हुने भएपछि अबदेखि याँहाका नागरिकहरुले सफा र स्वछ खानेपानी पिउन पाउने विश्वास लिइएको छ ।

सदरमुकाम मार्तडीबासीलाई शुद्ध खानेपानी उपलव्ध गराउन पानी शुद्धिकरण ट्याङकीमा पानी प्रशोधन भएर बजारमा आउने गरेको जनाएको छ । बृहत मार्तडी खानेपानि उपभोक्ता समितिका व्यवस्थापक कर्ण रावलले भने सबै काम संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको रहेको हामीलाइ कुनै जानकारी नभएको बताए । कार्यालयले भर्खर दुई हप्ता अगाडि हस्तान्तरण गरेको उनले बताए ।

सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थापन मार्तडी बृहत खानेपानी समितिले गरिरहेको छ । सदरमुकाम मार्तडीमा भने सधै खानेपानीकाे समस्या हुने गरेको छ । पाइपलाइन अव्यवस्थित तथा वितरण प्रणाली अस्तव्यस्त भएकाले मार्तडीबासीले खानेपानीको सास्ती भोग्दै आएका छन् । उक्त खानेपानीका नाममा करोडौ रुपैयाँ लगानी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार