सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्षलाई पितृ शोक

नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्षलाई पितृ शोक

  • आइतवार, फाल्गुन ४, २०८१
नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्षलाई पितृ शोक

बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ ।

बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनले पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा मर्माहत भएको अध्यक्ष पदमबहादुर सिंहले बताएका छन् । निवासमै निधन भएका पण्डितका बुबाको आईतबार नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार