मङ्लबार, बैशाख १६, २०८२
  • होमपेज
  • समाज
  • बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकप्टरमार्फत उद्धार

बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकप्टरमार्फत उद्धार

  • आइतवार, फाल्गुन ४, २०८१
बसको ठक्करबाट घाइते भएकी महिलालाई हेलिकप्टरमार्फत उद्धार
फाइल तस्विर

बाजुरा—बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको छ । आइतवार बिहान साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएको थिए । तर घाइते अन्दाजी ८ बर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पतालमै मृत्यु भइसकेको छ ।

त्यस्तै घाइते अन्दाजी ३५ वर्षीया आमा बिस्णा पाध्यायको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको जनाएको छ । घाइते महिला गर्भवती समेत रहेको पाइएको छ । उनलाई यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार