बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहमा निःशुल्क स्वास्थ्य जाँच तथा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुदैँ

खप्तड छेडेदहमा निःशुल्क स्वास्थ्य जाँच तथा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुदैँ

  • आइतवार, फाल्गुन ४, २०८१
खप्तड छेडेदहमा निःशुल्क स्वास्थ्य जाँच तथा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुदैँ

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा निःशुल्क स्वास्थ्य चेकजाँच तथा अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाको सहकार्यमा यहीँ फागुन ९ र १० गते शिविर सञ्चालन हुने भएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावतले कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि निःशुल्क चेकजाँच शिविर सञ्चालन हुने भएको हो । त्यस्तै स्वास्थ्य चेकजाँचसँगै अपाङ्गता परिचयपत्र वितरण कार्य हुने भएकाले सबैले सेवा लिन प्रमुख प्रशासकीय अधिकृत रावतले पालिकाबासीलाई आग्रह गरेका छन् । उनका अनुसार उक्त शिविर पालिकाको केन्द्रमा रहेको डोगडी स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।

शिविरबाट अपाङ्गता परिचयपत्र लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । त्यस्तै कान, आँखा, हाडजोर्नी लगायतका समस्या भएका बिरामीको विवरण सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाट फागुन ८ गतेभित्र गाउँपालिकाको स्वास्थ्य शाखामा पेश गर्न पनि आग्रह गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार