बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • शिक्षा
  • खप्तड छेडेदहमा विद्यालय नर्स र शिक्षकका लागि पुर्नताजगी तालिम सुरु

खप्तड छेडेदहमा विद्यालय नर्स र शिक्षकका लागि पुर्नताजगी तालिम सुरु

  • शुक्रबार, फाल्गुन २, २०८१
खप्तड छेडेदहमा विद्यालय नर्स र शिक्षकका लागि पुर्नताजगी तालिम सुरु

बाजुरा– खप्तड छेडेदह गाउँपालिकामा विद्यालय नर्स र शिक्षकहरुका लागि पुर्नताजगी तालिम सुरु भएको छ । शुक्रवार एकिकृत दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अर्न्तगत विद्यालयका फोकल शिक्षक तथा विद्यालय नर्सहरुलाई तालिम दिन लागिएको हो ।

२ दिने तालिमको एक औपचारिक कार्यक्रमविच गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथले उद्घाटन गर्दै शुभारम्भ गरिएको हो । नेपाल सरकार विश्व खाद्य कार्यक्रम र पालिकाको सहकार्यमा एकिकृत बिकास समाज नेपाल बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम को सयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन भएको जनाएको छ ।

उक्त पुर्नताजगी तालिममा पालिकाभरका ३१ वटा विद्यालयका प्रधानाध्यापक तथा नर्स, शिक्षा, पोषण, कृषि स्वास्थ्य र रोजगार शाखा प्रमुखहरु, आइडीएस जिल्ला संयोजक सुरेन्द्र जैरु लगायतको सहभागीता रहेको आइडीएस नेपाल गाउँपालिका प्राविधिक सहयोगी माया बिष्टले बताएकी छन् ।

विद्यालयका फोकल शिक्षक तथा नर्सहरुको थप क्षमता विकासका लागि आजबाट तालिम सुरु भएको उनले बताइन् । त्यस्तै २ दिने पुर्नताजगी तालिमले विद्यालयमार्फत दिइने स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि विद्यालय स्वास्थ्य तथा पोषण फोकल तथा शिक्षकहरुकाे क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार