बाजुरा—खप्तड छेडेदह गाउँपालिकामा विद्यालय सरक्षाका लागि शिक्षा सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीवार नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, सुरक्षित नेपाल परियोजनाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
गाउँपालिकामा रहेका विद्यालयहरुमा सुरक्षा प्रवद्र्धनमा शिक्षा सम्बन्धी सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने भएकाले अन्तरक्रिया कार्यक्रम गरेको जनाएको छ । विद्यालयमा विपद् व्यवस्थापन, गुणस्तरीय शिक्षा र शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार लगायतका बिषयमा सरोकारवालासँग छलफल गर्दै कार्यकम सम्पन्न भएको सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक राजेश सुनारले बताए ।
कार्यक्रममा बडीमालिका नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल विक र परियोजनामा कार्यरत कर्मचारीले सहजीकरण गरेका हुन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा उपाध्यक्ष रमेश रावत, गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशु नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्दा रावत, वडा अध्यक्ष, विव्यसका प्रतिनिधि, रेडक्रस प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।