सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ९ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो

बाजुराका ९ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो

  • शुक्रबार, फाल्गुन २, २०८१
बाजुराका ९ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो

बाजुरा– बाजुराका ९ वटा स्थानीय तहहरूमा कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो भएको हो ।
जिल्लाका ९ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा त्रिबेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गर्दै पहिलो नम्मरमा रहेकाे छ ।

त्यसै गरि जगन्नाथ गाउँपालिका ६१ दशमलव ६ अङ्कसहित दोस्रो, बुढीगंगा नगरपालिका ६१ दशमलव २ अङ्क सहित तेस्रो स्थानमा रहेको छ । त्यसै गरि हिमाली गाउँपालिका ५९ दशमलव ८ अङ्कसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको गौमुल गाउँपालिका ५७ दशमलव ९ अङ्क छ । छैटौँ स्थानमा ५३ दशमलव ६ अङ्कसहित स्वामिकार्तिक खापर गाउँपालिका रहेको छ।
बुढिनन्दा नगरपालिका ४९ दशमलव ५ अङ्कसहित सातौँ, बडिमालिका नगरपालिका ४६ दशमलव ९ अङ्कसहित आठौँ र  खप्तड छेडेदह गाउँपालिका ४५ दशमलव ४ अङ्कसहित सूचीको अन्तिम स्थानमा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण प्रकाशित गरेको थियो। आयोगले प्राप्त अङ्कमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ ।

चर्चामा

सम्बन्धित समाचार