बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अनाईखोला पक्की पुलको मन्त्री पालद्धारा उद्धघाटन

अनाईखोला पक्की पुलको मन्त्री पालद्धारा उद्धघाटन

  • बिहिबार, पुस १७, २०८२
सेयर गर्नुहोस् :
अनाईखोला पक्की पुलको मन्त्री पालद्धारा उद्धघाटन

बाजुरा– मार्तडी-कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा रहेकाे पक्की पुलको उद्धघाटन गरएकाे छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमका बीच पुलकाे उद्धघाटन गरेका हुन्।
ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य सम्पन्न भएसंगै आजदेखी नियमित यतायातका साधान चल्ने भएका छन । गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको ठेकेदार कम्पनीले जनाएकाेे छ।
२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको थियाे । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण गरिएकाे भाैतिक पुर्वाधार कार्यालय अछामले जनाएकाे छ।
स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनको बजारसम्म पहुँच सहज हुने अपेक्षा गरेका छन्। उद्धघाटन कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, समन्वय प्रमुख तुलसीराम राेकाया, बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैला लगायत पार्टी प्रतिनिधि स्थानियकाे सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार